कैलाश खेलकुद विकास समितिद्वारा सन्चारकर्मी रबिन्द्र वाईबालाई सम्मान

मकवानपुर: मकवानपुरको कैलाश खेलकुद विकास समितिले सन्चारकर्मी रबिन्द्र वाईबालाई सम्मान गरेको छ । शनिबार सम्पन्न पालिकास्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापनमा सन्चारकर्मी वाईबालाई सम्मान गरेको हो ।

कैलाश गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको ब्यवस्थापनमा यहि फागुन १४ गतेदेखि फागुन १७ गतेसम्म नामटारस्थित खेलमैदानमा सञ्चालित अन्तर-वडा तेस्रो अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता-२०८१ लाई सब्य र भब्य रूपमा सम्पन्न गराउन प्रथम संस्करण देखि हालसम्म निरन्तर संञ्चार क्षेत्रबाट सहयोग पुर्‍याएको भन्दै सन्चारकर्मी वाईबालाई सम्मान गरेको कैलाश खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईबाले बताउनुभयो ।


सन्चारकर्मी वाईबाले कैलाशको हरेक खेलकुद गतिविधिमा संञ्चार क्षेत्रबाट योगदान पुर्‍याएको उहाँको भनाई छ । सन्चारकर्मी वाईबा खेलकुद विधामा बढी सक्रिय छन् । वाईबालाई यसअघि बकैया खेलकुद विकास समिती र बागमती खेलकुद विकास समितिले खेल पत्रकारिता पुरस्कारबाट सम्मान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *