नेपाल म्यानमारसँग पराजित


मकवानपुर: नेपाल १३औंपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेतामा सीमित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित भएको हो। नेपालले समग्रमा खेलेको यो १३औं अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा हो।

नेपाल यसअघि साफ महिला च्याम्पियनसिपमा ६, दक्षिण एसियाली खेलकुदमा तीन तथा वाफ, हिरो महिला गोल्डकप र नादेज्दा कपमा समान एकपल्ट उपविजेता बनेको थियो।अर्कोतर्फ नेपालले एकै वर्षमा हार बेहोरेको तेस्रो फाइनल हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *