कक्षा-८ को वार्षिक परिक्षा तालिका सार्वजनिक, चैत ७ गतेदेखि सुरु हुने

बागमती: मकवानपुरको बागमती गाउँपालिकाले कक्षा ८ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । शुक्रबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले परिक्षाबारे जानकारी गराउनुभएको हो ।

आधारभुत तह (कक्षा-८) को परिक्षा संचालन तथा व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले परिक्षा मिति तय गरिएको जनाएको छ । परिक्षा आगामी चैत ७ गतेदेखि १४ गतेसम्म संचालन हुने भएको छ । जसअन्तर्गत चैत ७ गते अङ्ग्रेजी, ८ गते नेपाली, १० गणित, ११ गते विज्ञान तथा प्रविधि, १२ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, १३ गते स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला र अन्तिम दिन १४ गते बागमती गाउँपालिकाको परिचय (स्थानीय पाठ्यक्रम) को परिक्षा हुने भएको छ ।

परिक्षाका लागि २ वटा परिक्षाकेन्द्र तोकिएको छ । बागमती-४, झुरझुरेस्थित महाबुद्द आवि र बागमती-५ ज्यामिरेस्थित देवकी माविमा परिक्षाकेन्द्र तोकिएको हो । पालिकाभित्र कक्षा-८ संचालित १५ विद्यालय छन् भने परिक्षाका ५ सय ४७ जनाले फारम भरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *