हरिहरपुरगढीस्तरीय अध्यक्ष कप फुटबल: महिलातर्फ वडा नम्बर ४ र पुरुषतर्फ ५ लाई उपाधि

सिन्धुली: पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ। बिहीवार हरिहरपुरगढी-२ स्थित चैनपुर मैदानमा महिला र पुरुष दुवैतर्फको फाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा महिलातर्फको उपाधी वडा नम्बर ५ ले हात पारेको छ। वडा नम्बर ४ ले ६ लाई ५-० गोलले हराएको हो ।

५ नम्बरलाई उपाधी दिलाउन कल्पना जिम्बाले व्यक्तिगत ४ गोल गरिन् । खेलको म्यान अफ द म्याच जिम्बा घोषित भइन् । उनले सेमिफाइनलमा पनि ह्याट्रिक गोल गरेकी थिइन् । प्रतियोगितामा उनले ७ गोल गरिन् । इश्वरी माया राईले एक गोल गरेकी थिइन् ।

जीतसँगै विजेता ४ नम्बरले ४० हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ६ नम्बरले २५ हजार १ सय रुपैयाँमा चित्त बुझाएका छन् । प्रतियोगितामा महिलातर्फ उत्कृष्ट मिडफिल्डर २ नम्बरकी प्रमिला गोले, डिफेन्डर ४ नम्बरकी निरुता मोक्तान, गोलरक्षक ४ की मुना कुमारी घिसिङ, सर्वाधिक गोलकर्ता ४ नम्बरकी कल्पना जिम्बा र उत्कृष्ट खेलाडी ६ नम्बरकी सिर्जना मोक्तान घोषित भएका छन् । यस्तै वडा नम्बर १ अनुशासित टिम घोषित भएको छ।


यस्तै पुरुषतर्फको उपाधी ५ नम्बरले जितेको छ ।८ नम्बर वडालाई २-० गोलले हराउँदै ५ ले लगातार ३ पटक उपाधी जितेको हो । ५ नम्बरलाई जित दिलाउन यमराज योन्जन र नविन घिसिङले एक-एक गोल गरे । पुरुषतर्फको विजेता ५ नम्बरको टिमले १ लाख १ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ८ नम्बरले ५१ हजार १ सय रुपैयाँमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट मिडफिल्डर ५ नम्बरका नवीन घिसिङ, डिफेन्डर ५ नम्बरका मिम घलान, गोलरक्षक ५ का अंकित माझी, सर्वाधिक गोलकर्ता ४ नम्बर सुनिल कुमार मोक्तान र उत्कृष्ट खेलाडी ८ नम्बरका सागर माझी घोषित भएका छन् । यस्तै वडा नम्बर ७ अनुशासित टिम घोषित भएको छ। प्रतिनिधि सभा सदस्य लेखनाथ दाहल ९राजन० र हरिहतपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबा लगायतले बल हस्तान्तरण गरेर फाइनल खेल सुरु गर्नुभएको थियो ।

हरिहरपुरगढी गाउँपालिका खेलकुद विकास समितिका संयोजक लक्ष्मी बहादुर राई (हिमाल) को सभाध्यतामा भएको प्रतियोगिता समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिता समापनको सहजीकरण पालिका शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनीले गर्नुभएको थियो भने विधागत उत्कृष्टहरुको विवरण विशेष अफिसियल भुवन राइले प्रस्तुत गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *