स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा बागमतीको फड्को

बागमती: स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) र स्थानीय तह तह संस्थागत क्षमता स्वमुल्याङ्कन (एलआईएसए) मा मकवानपुर जिल्लाभरका स्थानीय तहमध्ये बागमती गाउँपालिकाले फड्को मारेको छ ।

तोकिएको सुचकहरुमा जिल्ला समन्वय समिति समितिले तयार प्रारम्भिक नतिजामा गाउँपालिकाबाट प्रदान गरिएको पृष्ठपोषण जिससबाट समेत पृष्ठपोषण भई अन्तिम नतिजामा बागमती गाउँपालिकाले उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीका अनुसार बागमतीले एफआरएमा ८५.५ अंक र एलआईएसएमा ७७.७५ अंक प्राप्त गरेको छ । यो अंक जिल्लाभरीका स्थानीय तहमध्ये दोस्रो हो । जिल्लाभरका स्थानीय तहमध्ये कैलाश गाउँपालिकाले उच्च अंक प्राप्त गरेको छ ।

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्याङ्कनका विषय क्षेत्रमा बागमतीले उत्कृष्ट अङ्क ल्याउन सफल भएको हो ।

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *