

बागमती: मकवानपुरको बागमती गाउँपालिकाका सामुदायिक विद्यालयमा गणित विषय अध्यापन गर्ने शिक्षकहरुका लागि व्यवहारिक गणित शिक्षामा सुधार सम्बन्धी एक दिवसीय कार्यशाला सम्पन्न भएको छ।

नजिकिदै गरेको माध्यमिक शिक्षा परीक्षा ९एसईई० लाई मध्यनजर गर्दै मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापकहरुद्वारा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा माध्यमिक तह तथा आधारभूत तहमा गणित विषय अध्यापन गर्ने शिक्षकहरुका लागि व्यावहारिक गणित शिक्षामा सुधार सम्बन्धी कार्यशाला सञ्चालन गरेको हो ।
गत आइतबार बागमती गाउँपालिकाको सभाहलमा भएको सो कार्यशालामा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडाका डा। श्याम बहादुर छत्कुली र प्राध्यापक विनोद शर्माले सहजीकरण गर्नुभएको थियो।

गणित शिक्षालाई व्यावहारिक बनाउन तथा कक्षा १० को गणितको साध्यमा देखिएका त्रुटिहरु सच्याउने विषयमा कार्यशालामा छलफल भएको प्राध्यापक छत्कुलीले बताउनु भयो । मिनी क्लिनोमिटर ९सिएमसी० को प्रयोगको जानकारी तथा व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको उहाँले जानकारी दिनुभयो।
माध्यमिक तथा आधारभूत विद्यालयका शिक्षकहरु सहभागी रहेको उक्त कार्यशालामा सिएमसीको प्रभावकारी प्रयोगबारे प्रशिक्षण दिएको थियो। प्राध्यापक छत्कुलीले सिएमसीको कार्यप्रणाली प्रदर्शन गर्दै यसको उचाइ र दूरी मापनमा महत्वपूर्ण भूमिका रहेको बताउनु भएको थियो। उहाँले गणित परीक्षालाई व्यवहारिक बनाउन सिएमसीको प्रयोग अति आवश्यक रहेको स्पष्ट पार्नुभएको थियो।

प्राध्यापक शर्माले कक्षा १० को साध्यमा देखिएका त्रुटिहरुको समीक्षा गर्नुहुँदै शिक्षकहरुलाई अभ्यास गराउनु भएको थियो। साथै सिएमसीको प्रभावकारिता मुल्याङ्कन गर्न तयार गरिएको प्रश्नावली भराउने कार्यसमेत गरेको थियो। कार्यक्रम अवधिभर शिक्षकहरूले सिएमसीको प्रयोग गर्दै उन्नतास र अवनति कोण मापन गर्ने अभ्यास गरेका थिए। शिक्षकहरूले उक्त उपकरणको प्रभावकारिताको प्रशंसा गर्दै विद्यालयहरुमा यसको उपलब्धता सुनिश्चित गर्न अनुरोध गरेका थिए। शिक्षकहरुको उत्साह देखेर गाउँपालिका प्रमुखले प्रत्येक माध्यमिक विद्यालयलाई ६ सेट सिएमसी उपकरण प्रदान गर्नुभएको थियो। यस निर्णयलाई शिक्षकहरूले हर्षपूर्वक स्वागत गर्दै गणित शिक्षालाई व्यवहारिक बनाउन यो कदम प्रभावकारी हुने बताए। कार्यशाला गणित शिक्षामा प्रयोगात्मक पद्धतिहरुलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता सहित सम्पन्न भएको थियो। जसबाट विद्यार्थीहरूले व्यवहारिक गणित अध्ययन गर्न सहज हुनेछ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, विभिन्न विद्यालयका गणित विषय अध्यापन गर्ने शिक्षकहरु लगायतकाको उपस्थिति रहेको थियो।
