

सिन्धुली: पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत मंग्लवार ३ खेल सम्पन्न भएको छ। हरिहरपुरगढी=२ स्थित चैनपुर मैदानमा महिलातर्फ १ खेल र पुरुषतर्फ २ खेल सम्पन्न भएको हो ।
मंगलवार बिहान भएको पुरुषतर्फको खेलमा वडा नम्बर ८ ले ७ लाई ३-० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।८ नम्बरको जीतमा दिपेश थिङ, सागर माझी र देव तामाङ एक(एक गोल गरे । खेलको म्यान अफ द म्याच थिङ घोषित भए । जीतसँगै ८ नम्बर सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस्तै दोस्रो खेलमा महिलातर्फ वडा नम्बर ६ ले ५ लाई टाइब्रेकरमा ३-२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ म्याच ६ नम्बरकी निरु माझी घोषित भइन् ।
यस्तै तेसो तथा पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा ५ नम्बरले २ लाई ३-१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।५ को जीतमा नवीन लामा, रजिन तामाङ र यमराज तामाङ ले एक-एक गोल गरे ।२ का रिदम राइले सुरुवातमा एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् । ५ का नवीन म्यान अफ द म्याच घोषित भए ।वडा नम्बर ५ तेसो र चौथो संस्करणको अध्यक्ष कपको विजेता समेत हो। अब वडा नम्बर ५ ले उपाधीका लागि बिहीबार वडा नम्बर ४ र ८ बीचको विजेतासँग खेल्नेछ । ४ र ८ बीचको दोस्रो सेमिफाइनल खेल बुधबार हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फको विजेता टिमले १ लाख १ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४० हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
