
मकवानपुर: मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी-४ स्थित मसिने हाडीखोलाका २० वर्षीय अमन प्रजा रहेको जिल्ला कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार साँझ ५:२१ बजेको समयमा विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१ चौकीटोलस्थित भित्रीसडकमा पैदल हिडिरहेको अवस्थामा प्रजालाई खानतलासी गर्दा लुकाई छिपाई गरी राखिएको अवस्थामा उक्त लागुऔषध फेला परेको जनाएको छ ।
प्रहरीले प्रजाको साथबाट ५ सय ७० मिलीग्राम खैरो हेरोईन फेला पारी नियन्त्रणमा लिएको हो । प्रजालाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप अनुमती लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
