विद्यालयका शिक्षकलाई आँखा जाँच सम्बन्धी तालिम

बागमती: मकवानपुरको बागमती गाउँपालिका अन्तर्गतका समामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका लागि आँखा जाँच सम्बन्धी एक दिवसीय तालिम सञ्चालन गरेकाे छ ।सामुदायिक आँखा केन्द्र बागमती गाउँपालिकाकाे आयाेजना तथा हेटौंडा सामुदायिक अस्पताल र बागमती गाउँपालिकाकाे सहकार्यमा विद्यालयका शिक्षकहरूलाई आज आइतबार आँखा जाँच सम्बन्धी एक दिवसीय तालिम सञ्चालन गरेकाे हाे ।


विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा देखा पर्ने आँखा सम्बन्धी समस्याकाे छिटाे पहिचान गरी समयमै उपचारका लागि आँखा अस्पतालमा लैजान सिफारिस गर्न विद्यालयका शिक्षकहरूलाई सक्षम बनाउने उद्देश्यले तालिम आयाेजना गरिएकाे सामुदायिक आँखा केन्द्र बागमतीका प्रमुख किशाेर चाैधरीले जानकारी दिनुभयाे । यस तालिमबाट शिक्षकहरूले आफ्ना विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा हुनसक्ने आँखा सम्बन्धी समस्याकाे पहिचान गरी उपचारका लागि आँखा अस्पताल वा सामुदायिक आँखा केन्द्रमा पठाउन सहयाेग पुर्‍याउने छन् र यस कार्यबाट बालबालिकामा देखिने आँखा सम्बन्धी समस्या समयमै उपचार भई अध्ययन अध्यापनमा शिक्षक र विद्यार्थी दुबैलाई सहज हुने साथै बालबालिकाका आँखा सम्बन्धी समस्या समयमा उपचार नहुँदा हुनसक्ने थप जटिलताबाट बचाउँन सहयाेग पुग्ने आँखा केन्द्रका प्रमुख चाैधरीकाे भनाईछ । तालिममा गाउँपालिका अन्तर्गतका ३४ सामुदायिक विद्यालयका शिक्षकहरूकाे सहभागिता रहेकाे वहाँले बताउनु भयाे ।


बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानकाे प्रमुख आतिथ्यतामा भएकाे साे कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुधिर श्रेष्ठ, बागमती गाउँपालिकाका स्वास्थ्य शाखा संयाेजक दिनेश कुमार गुप्ता, शिक्षा शाखा प्रतिनिधि प्रमाेद राई लगायतकाकाे उपस्थिति रहेकाे थियाे । तालिम बागमती गाउँपालिकाकाे सभाहलमा भएकाे थियाे ।एक दिवसीय तालिमकाे सहजिकरण हेटौंडा सामुदायिक आँखा अस्पतालका आउटरिच विभाग प्रमुख सुशील कुमार सिंह र सामुदायिक आँखा केन्द्र बागमतीका प्रमुख किशाेर चाैधरीले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *