परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा बागमती गाउँपालिकाको झुरझुरे परिसर सरसफाइ

बागमती: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हेटौँडाद्वारा मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरे गाउँको परिसर सरसफाइ गरेको छ l

समाजको विश्वव्यापी वातावरण सरसफाइ अभियान अन्तर्गत आज बुधबार बागमती गाउँपालिका र झुरझुरेको करिब एक किलोमिटर वरपरको परिसर सरसफाइ गरेको हो l  

विश्व जलवायु परिवर्तनले प्रकृति र मानवताको सह-अस्तित्वनै सङ्कटमा परिरहेको यस्तो सङ्कटकालिन घडीमा समाजले आफ्नो मण्डली रहेको विश्वका विभिन्न देश, क्षेत्र र ठाँउहरूमा  व्यापक रूपमा कार्वन न्यूनीकरणका गतिविधिहरू सञ्चालन गरिरहेको कार्यक्रम संयोजक पर्शुराम तिम्सिनाले जानकारी दिनुभयो। विश्वव्यापी  वातावरण  सरसफाइ अभियान अन्तर्गत यो ८,५६७ औँ सरसफाइ कार्यक्रम भएको संयोजक तिम्सिनाले वताउनु भयो l  

परमेश्वरको मण्डली विश्वका १सय ७५ वटा देशहरूमा स्थापना भएको र सदस्यहरूको कुल सङ्ख्या ३७ लाख भन्दा बढी भएको एक विश्वव्यापी मण्डली हो। छिमेकीलाई सहयोग, आपत्कालिन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिड-१९का कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित २८ हजार पटक भन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै आएको संयोजक तिम्सिनाले बताउनु भयो l  

वातावरण  सरसफाइ अभियान कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, वडा नं. ४ का वडा अध्यक्ष दन्तलाल माझी “किरण”, झुरझुरे प्रहरी चौकीका प्रमुख असइ छविलाल यादव, वडा ट्राफिक कार्यालय प्रमुख असइ केदार पौडेल, शैक्षिक संस्था, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा अभियान टोलीका सदस्यहरु सहित सरसफाइ अभियानमा करिब दुई सय जनाको सहभागिता रहेको थियो l सरसफाइको कार्य गाउँपालिको कार्यालय र झुरझुरे बजार क्षेत्र साथै एक किलोमिटर सडक वरिपरीको क्षेत्रमा सरसाफाइ गरिएको थियो l  

Leave a Reply

Your email address will not be published. Required fields are marked *