

मकवानपुर: पहिलो संस्करणको मरिण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा मकवानपुरको बागमती गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाइनल खेलमा सिन्धुलीको जनहितेसी युथ क्लबलाई १-० गोलले बागमती सेमिफाइनलमा प्रवेश गरेको हो ।

बागमतीको जीतमा श्री थापा मगरले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच बागमतीका नवीन बोम्जन घोषित भए । जीतसँगै बागमतीले अब फाइनल प्रवेशका लागि बुधबार सर्लाहीको बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्ने बागमती गाउँपालिकाका प्रशिक्षण किरण घिसिङले जानकारी दिनुभयो । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
मुङग्रे युनाइटेड युवा क्लब, मरिण गाउँपालिका–२, मुङग्रे खाटदमार, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । फाइनल खेल यही माघ २५ गतेका दिन हुनेछ ।
