बागमतीमा एचपिभी खोप अभियान सुरु


बागमती: मकवानपुरको बागमती गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस विरुद्धको खोप लगाउन सुरु भएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बागमती-८ शान्तिपुरस्थित जनता माविबाट खोप अभियानको सुरु गर्नुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले पाठेघरको क्यान्सर भयंकर डरलाग्दो हुँदै गएको र समयसापेक्ष स्वास्थलाई ध्यान दिनुपर्ने बताउनुभयो । रोग लागेर उपचारभन्दा रोग लाग्न नदिनु राम्रो हुने उहाँको भनाई छ । स्वास्थ्य राम्रो भए मात्रै स्वस्थ जनशक्ति उत्पादन हुने उहाँको भनाई छ ।

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस विरुद्धको खोप भोलि आज मंगलबारबाट देशव्यापी लगाइँदै छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप दिन सुरु गरेको बागमती गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख गुप्ताले बताउनुभयो । बागमतीमा यस पटक २६ स्वास्थ्य केन्द्रबाट किशोरीहरुलाई एचपिभी खोप लगाउने भएको छ । १७ विद्यालय र अन्य ९ वटा केन्द्रबाट खोप लगाउने भएको हो । पालिकाभरी १ हजार ४ सय ८५ जना किशोरीहरुलाई खोप दिने भएको छ । जसका लागि २८ जना स्वास्थ्यकर्मी र ५६ जना स्वयंसेवक खट्नेछन् । माघ २८ गतेसम्म चल्ने खोप अभियानमा समय नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ ।

गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक कमान सिं पाख्रीनको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विशेष फडिन्द्र तिमल्सिनाको पनि आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *