बागमतीमा भोलिबाट एचपिभी खोप लगाइदै

बागमती: पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस विरुद्धको खोप भोलि मंगलबारबाट देशव्यापी लगाइँदै छ । सोही अभियान अन्तर्गत बागमती गाउँपालिकामा पनि भोलिदेखि खोप लगाउने र तयारी पूरा भएको स्वास्थ्य शाखाका प्रमुख दिनेश गुप्ताले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप दिने प्रमुख गुप्ताले बताउनुभयो ।

बागमतीमा यस पटक २६ स्वास्थ्य केन्द्रबाट किशोरीहरुलाई एचपिभी खोप लगाउने तयारी भएको छ । १७ विद्यालय र अन्य ९ वटा केन्द्रबाट खोप लगाउने भएको हो । पालिकाभरी १ हजार ४ सय ८५ जना किशोरीहरुलाई खोप दिने भएको छ । जसका लागि २८ जना स्वास्थ्यकर्मी र ५६ जना स्वयंसेवक खट्नेछन् ।

माघ २८ गतेसम्म चल्ने खोप अभियानमा समय नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ । बागमतीमा पहिलो दिन वडा नम्बर ५ स्थित देवकी माविमा नजिकका विद्यालयका विद्यार्थीहरुसमेतको उपस्थिती खोप अभियानको उद्घाटन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *