
झुरझुरे: बागमती गाउँपालिकाको दोस्रो गाउँसभा अन्तर्गत छैटौं अधिवेशन सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।

अधिवेशनमा गाउँपालिकाका अध्यक्ष घलानले बैठकको कार्यसुची प्रस्तुत गर्नुभएको थियो । उहाँले बागमती गाउँपालिकाको नगर प्रहरी सम्बन्धी विधेयक, २०८१ सम्बन्धमा, गाउँपालिकाको विज्ञापन कर व्यवस्थापन तथा नियमन विधेयक, २०८१, गाउँपालिकाको वन सम्बन्धी विधेयक, २०८१, गाउँपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक, गाउँपालिकाको बजार व्यवस्थापन सम्बन्धी विधेयक, २०८१ सम्बन्धमा, गाउँपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी विधेयक, २०८१ र गाउँपालिकाको भू-उपयोग सम्बन्धी विधेयक, २०८१ सम्बन्धमा लगायत कार्यसूची प्रस्तुत गर्नुभएको थियो ।

सभामा गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र कुमार तिमल्सिना, विधेयक समितिका संयोजक हस्त बहादुर थिङ, सामाजिक विकास समितिका संयोजक कमान सिं पाख्रिन, आर्थिक विकास समितिका संयोजक उत्तर बहादुर भोलन, पूर्वधार विकास समितिका संयोजक दन्तलाल माझी, वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक टेक बहादुर डिमडुङ, सार्वजनिक सेवा तथा क्षमता अभिवृद्धि समितिका संयोजक विजय भोलन र न्यायीक समितिका सदस्य निरन्जन घिसिङ प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावहरु सभाबाट अनुमोदन भएको छ ।
अध्यक्ष घलानले चालु आर्थिक वर्ष २०८१र८२ को हिउँदे गाउँसभामा प्रस्तुत गर्नुभएकोमा सर्वसम्मतले पारित भएको छ । नगर प्रहरी सम्बन्धी विधेयक, विज्ञापन कर ९व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक, वन सम्बन्धी विधेयक, फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक, बजार व्यवस्थापन सम्बन्धी विधेयक, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी विधेयक, भू-उपयोग सम्बन्धी विधेयक, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थ संरक्षण तथा उपयोग सम्बन्धी विधेयक, अस्थायीरकरार सेवा वा सेवा करारमा कार्यरत कर्मचारीहरुलाई उपलब्ध गराइने सेवा सुविधा र शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधेयक, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, आधारभुत तथा माध्यमिक शिक्षा ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक वर्ष २०८०।८१ को संशोधित बार्षिक बजेट तथा कार्यक्रम, लेखापरीक्षण प्रतिवेदन, विषयगत समिति, विषयगत शाखाको कार्यप्रगति प्रतिवेदन तथा गाउँ कार्यपालिका एवं कार्यालयका निर्णयहरु पारित भएको हो ।
