हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव हुने


मकवानपुर: हेटौंडा उपमहानगरपालिका(१० स्थित टिसिएन चौरमा तामाङ साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा तामाङ कलाकार संघ मकवानपुरको सहआयोजनामा माघ १७ गते महोत्सव हुन लागेको हो ।

कार्यक्रमबारे सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । “ह्याङलान काअीरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी“ भन्ने उद्देश्यका साथ २८६१ डुलस् सा पुख्री ल्हो सोनाम ल्होछारको अवसर पारेर महोत्सवको आयोजना गर्न लागिएको जिल्ला घेदुङका अध्यक्ष कालु घलानले जानकारी दिए ।

महोत्सवमा मकवानपुरे तामाङ कलाकारहरुकने गायन तथा नृत्य प्रस्तुती रहनुका साथै लामा, बोम्बो, ताम्बा डम्फुरे सहितको र्‍याली तथा झाँकी प्रदर्शन हुने घेदुङका सचिव किरणमान बलले बताए ।

महोत्सवमा तामाङ समुदायका मौलिक भेषभुषा तथा खानाका परिकारहरु प्रदर्शन हुने र सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत गरिने उनले जानकारी दिएका छन् ।
महोत्सवमा युद्ध लामा , अभि लामा, अनिता गोले, विक्रम लुङ्वा , अनराज तामाङ, सुजना रुम्बा, साम्तेन मोक्तान, केशर मोक्तान, आशाराम थिङ, बिरु घलान, बालिका तामाङ, अनिता मुक्तान, प्रतिमा घलान, सुरक्षा तामाङ, प्रेमा लोप्चन लगायतले साँस्कृतिक कार्यक्रममा प्रस्तुति दिने छन् ।


निर्माणाधिन तामाङ संग्रहालय भवन निर्माण सहयोगार्थ महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति र तामाङ कलाकार संघ मकवानपुरका पदाधिकारी लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *