प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा शर्मा चयन


मकवानपुर: प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा एमपी शर्मा सर्वसम्मत चयन हुनुभएको छ । शनिबार हेटौँडामा भएको छैठौं अधिवेशनले शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

प्रेस सेन्टर मकवानपुरको उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ र नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ र सुरेश बल, कोषाध्यक्षमा राजेश थापा ९गरिब० चयन हुनुभएको छ । सदस्यमा सुमित विक, राजकुमार स्याङ्बो, केदार ढकाल, युवराज बिमली, सीता कोइराला, विवेक सिन्तान चयन हुनुभएको छ । थप सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्नेछ ।

प्रेस सेन्टर नेपाल मकवानपुरकी निवर्तमान अध्यक्ष अञ्जली थापाको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलान, मकवानपुर इन्चार्ज भिम पाख्रिन, प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरी, केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का र निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल लगायतको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *