हरिहरपुरगढीस्तरीय राष्ट्रपति रनिङशिल्ड आइतबारदेखि सुरु हुँदै

मकवानपुरः सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । गाउँपालिकाको समन्वय र पालिका अन्तर्गत युवा तथा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।


प्रतियोगिता आइतबार र बुधबार गरी दुई दिन सञ्चालन हुने पालिकाका खेलकुद विकास समितिका अध्यक्ष हिमाल राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता वडा नम्बर २ स्थित चैनपुर खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा ८ विद्यालयका खेलाडीहरु सहभागि हुने गाउँपालिकाका शिक्षा शाखाका प्रमुख रामेश्वर पुडासैनीले बताउनुभयो ।

प्रतियोगितामा १२ सम्म नियमित अध्ययनरत १८ वर्षभन्दा मुनि उमेरका खेलाडीले सहभागि जनाउँन पाउनेछन् । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ भलिबल, कबड्डी, एथलेटिक्ट र मार्सल आर्टका खेलहरु हुनेछन् ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.