घरको शौचालयमा लडेर हेटौंडामा एक वृद्धको मृत्यु

मकवानपुरः हेटौंडामा आफ्‌नै घरको शौचालयमा जाने क्रममा लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१५ स्थित रातोमाटेका ९७ वर्षीय हरी बहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


शुक्रबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा वृद्ध पाख्रिन आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाइते भएको थियो । घाइते पाख्रिनलाई उपचारको लागि आफन्तले हेटौंडा अस्पताल लगिएकोमा दिउँसो १ बजे डाक्टरले मृत घोषणा गरेको हो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.