
मकवानपुरः सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित गुर्जीमा सोनाम ल्होछारको अवसरमा बृृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । ल्होेछार मेला समिति हरिहरपुगढीको आयोजनामा यहि माघ १७ र १८ गते दुई दिन कार्यक्रम हुने भएको हो ।
गुर्जीस्थित गुम्बाचौरमा हुने सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा विशेष आकर्षणको रूपमा राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको सेलो साङ्गतिक प्रस्तुति र नृत्य प्रस्तुति हुने भएको छ । कार्यक्रममा चर्चित कलाकारहरु विशाल कल्तान, गिता योन्जन र सानुबाबु घिसिङ आउने भएका छन् । यस्तै आशाराम थिङ, मनोज बल, हिमाल राई, विशाल राज राई,रोशन गहतराज, करण विष्ट, अस्मिता तामाङ, उषा लोप्चन, रेखा मगर, सुमन रुम्बा, जेके लामा, विशाल तामाङ र अनिल राई लगायत कलाकारहरुको प्रस्तुति रहने भएको छ ।
कार्यक्रममा तामाङ समुदायको मौलिक सांस्कृतिक परम्परागत रूपमा रहेका ताम्बा,लामा तथा झाँक्री प्रदर्शन हुँदै तामाङ समुदायले खानपिन गरेका विभिन्न खानाका परिकारहरुको स्टलहरु समेत राखिने आयोजकले जनाएको छ । कार्यक्रममा बागमती
यस पटक तामाङ समुदायले मन्जुश्री संवत् २८६१ औं डुल ल्हो (सर्प वर्ष) सोनाम ल्होछारको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँने छन् ।
