
बागमती: बागमती गाउँपालिका वडा नम्बर ७, बाख्रेस्थित बाल विकास आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइका सामग्रीहरु प्राप्त भएको छ ।
बुधबार एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीका इन्चार्ज एवम् भोर्लेनी दुग्ध सहकारीका अध्यक्ष सामाजसेवि ज्ञान सागर लामा भोलनले उक्त सहयोग गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल बागमतीका अध्यक्ष विवेक सिंतानको पहलमा विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री कापी कलम र सरसफाइका लागि साबुन, मन्जन सहितका सामग्रीहरु वितरण गरिएको छ ।

आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुहुँदै भोलनले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखे मात्रै आर्थिक विकासको बाटोमा अघि बढन सहज हुने बताउनुभयो । विद्यार्थीहरुहरुले उचित शिक्षा प्राप्त गर्न सकेमा भविष्यमा देशले सक्षम जनशक्ति पाउने उहाँको भनाई छ । उहाँले आगामी दिनहरूमा पनि विद्यालयको शैक्षिक सुधारको लागि आफुले सक्ने सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ।

शैक्षिक सामाग्री तथा सरसफाइ सामाग्री वितरण कार्यक्रममा भोर्लेनी दुग्ध उत्पादक सहकारी संस्थाका सचिब गोकुल खड्का र युवा ब्यवसायी लिला कुमार आले लगायतका अथितीहरु उपस्थित रहेका थिए।
