भरुवा बन्दुकसहित राक्सिराङका थिङ पक्राउ

मकवानपुर: मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-१ स्थित गडुवानका ५२ वर्षीय जीत बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार साँझ ५ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी(९ स्थित हरियाली सामुदायिक वनमा थिङले अबैध रुपमा भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा फेला पारेको हो । थिङको साथबाट उक्त एक थान भरुवा बन्दुक, फलामको विभिन्न साईजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने विभिन्न साईजको लाम्चो आकारको वस्तु ३३ थान, बारुद जस्तो देखिने पाउडर ३ सय ५ ग्राम, ढुंगाको जस्तो देखिने वस्तु २४ थान, खुकुरी १ थान बरामद गरेको जनाएको छ ।

थिङलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.