मनहरीबाट गाँजासहित मोक्तान पक्राउ

मकवानपुर: मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी–९, मगरटोलका ५४ वर्षीय दुर्गाबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार बिहान ६ बजेर ४५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–९, मगरटोलबाट स्थानीय ५४ वर्षीय मोक्तानको साथबाट प्रहरीले ६ किलो गाँजा बरामद गरेको जनाएको छ ।

मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ । मकवानपुर प्रहरीले हरेक दिनजसो गाँजा बरामद गर्दै आएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.