नेपाली महिला टोली खो–खो विश्वकपको फाइनलमा पराजित

मकवानपुरः खो–खो विश्वकपको फाइनलमा नेपाली महिला टोली आयोजक भारतसँग पराजित भएको छ ।

नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आज भएको उपाधि प्रतिस्पर्धामा नेपाली महिला टोली ७८–४० ले पराजित भयो ।

नेपाली महिला टोली अपराजित रहँदै उपाधि नजिकै पुगेको थियो । नेपाली महिलो टोलीले सेमिफाइनलमा युगान्डालाई र क्वाटरफाइनलमा इरानलाई हराएको थियो ।

यस्तै नेपाली महिला टोलीले समूह चरणको पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.