बागमती गाउँपालिकाको अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न


बागमती: बागमती गाउँपालिकाको अर्ध वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ। आइतबार बागमती गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनामा गाउँपालिकाको सभाहलमा समिक्षा गोष्ठी भएको हो।

गाउँपालिका अन्तर्गतका सेवा प्रदायक शाखाहरु र विभिन्न गैरसरकारी संस्थाहरुले आर्थिक वर्ष २०८१र८२ मा गाउँपालिका भित्र संचालन गर्दै आएको कार्यक्रमहरुको समिक्षा गोष्ठीमा कार्यक्रममा शिक्षा तथा खेलकुद,कृषि तथा पशुपंक्षि, नापी शाखा , स्वास्थ शाखा,स्वरोजगार शाखा लगायतले प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यस्तै गैरसरकारी संस्था तर्फ टि पि ओ नेपालले पनि मनोसामाजिक क्षेत्रमा आफ्नो सस्थाले गरेका कार्यहरु बारे विबरण प्रस्तुत गरेको थिए।

अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी कार्यक्रमलाई प्रमुख अथिती एबम गाउँपालिकाका अध्यक्ष सर्केश घलानले सम्बोधन गर्नु भएको थियो । यसै क्रममा सबै कर्मचारी लगायत विभिन्न क्षेत्रमा आवद्ध ब्यक्तिले आफुले गरेको काममा बिश्वास गर्नु पर्ने अध्यक्ष घलानले बताउनुभयो। पालिकाबाट प्रवाह हुने जुन कुनै जनताको कामलाई सहजीकरण गरि सजिलै सेवा लिने वातावरण तय गर्न पालिका अन्तर्गतका सबै कर्मचारीहरुलाई उहाँले सुझाव दिनुभएको छ। त्यस्तै जिल्ला समन्वय समिति सदस्य एबम कार्यक्रमका विशेष अथिती खड्क बहादुर पुलामीले कर्मचारीहरुले इमानदार पुर्बक काम गर्नु पर्ने र सरकारले हौसला दिनुपर्ने बताउनुभयो।

अर्धवार्षिक समिक्षा गोष्ठीको समापन शत्रलाई सम्बोधन गर्नु हुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले अब कुरा गर्ने मात्रै नभैइ कन काम पनि गर्नु पर्ने बताउनु भयो। बागमती गाउँपालिकाको समृद्धि एक जनाले चाहेर मात्रै सम्भव नहुने भन्दै यसको लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य हुनु पर्ने बिचार व्यक्त गर्नु भयो। जनताको सेवाको लागि जुन कुनै समयमा कार्यलय खुल्न तयार रहेको र सबै शाखाले अधिकृतलाई ब्यस्त बनाउनु पर्ने उहाँको भनाई थियो।

कार्यक्रममा बागमती गाउँपालिका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना, सबै वडाका अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु,पालिकाको सम्वन्धित शाखाका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.