राक्सिराङबाट २१२ किलो गाँजासहित बोलेरो गाडी नियन्त्रण, २ जना फरार

मकवानपुर: मकवानपुर प्रहरीले राक्सिराङबाट २ सय १२ किलो गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । बिहिवार बिहान ७ बजेको समयमा राक्सिराङ(५, चैनपुर मा कैलाशबाट मनहरीतर्फ आउँदै गरेको बा १० च ७७५८ नम्बरको बोलेरो पिक गाडीबाट उक्त गाँजा बरामद गरि गाडीलाई नियन्त्रणमा लिएको हो ।

गाडीमा गाँजा ल्याएको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी टोली खटिएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार प्रहरीलाई देख्नासाथ गाडी चालक र गाडीमा सवार अर्का एक जना सडकमा गाडी छोडी भागेर फरार भएका छन् ।

प्रहरीले तत्कालै स्थानीयहरुको रोहवरमा कानून बमोजिम रितपुर्वक खानतलासी गर्दा उक्त गाडीको पछाडी ढालाको भागमा लुकाई छिपाई गरी ल्याईएको अवस्थामा गाँजा २ सय १२ किलो फेला परेको जनाएको छ । फरार रहेका दुई जनाको खोजी कार्य भइरहेको जनाएको छ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.