भिमफेदीमा भिरबाट लडेर एक महिलाको मृत्यु


मकवानपुर: मकवानपुरको भिमफेदी गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा वडा नम्बर ३ स्थित ईचुङकी ५३ चमेली माया पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार दिउँसो ४ बजेको समयमा घरबाट ५ सय मिटर दक्षिणमा रहेको घट्टेखोलाको भिरमा घाँस काट्न गएकोमा भिरबाट २ सय मिटर तल खस्दा पाख्रिनको मुत्यु भएको हो ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी भैंसेबाट प्रहरी टोली खटिएका थिए । घटनाको प्रारम्भिक अनुसन्धान पूरा गरेको र शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको जनाएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.