गोल्डकपमा निमन्त्रणाका लागि प्रचण्ड निवास पुगे बागमती गाउँपालिकाको टोली

मकवानपुर: बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान सहितको टोलीले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् । शुक्रबार बिहान दाहाल निवास खुमल्टारमै पुगेर अध्यक्ष घलान सहितको टोलीले प्रचण्डसँग भेटघाट गरेका हुन् ।

बागमती गाउँपालिकामा आगामी फाल्गुन १ गते देखी सुरु हुने सातौं बागमती राष्ट्रिय गोल्डकपको विशेष निमन्त्रणा लिएर अध्यक्ष घलानसहितको टोली प्रचण्ड निवास पुगेका हुन् । भेटघाटका क्रममा पुर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले सम्भव भएसम्म बागमती गोल्डकप उद्घाटन कार्यक्रममा उपस्थित हुने वचन दिनुभएको छ।

प्रचण्डलाई भेटघाट तथा विशेष निमन्त्रणाको लागि बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ, वडा नम्बर ३ का अध्यक्ष कमान सिं पाख्रीन, वडा नम्बर ४ का अध्यक्ष दन्तलाल माझी किरण, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य बेलि कुमारी दोङ घलान, खेलकुद विकास समिति उपाध्यक्ष वीर बहादुर थिङ मुक्ति, वडा सदस्य राम सिं गोले, खेलकुद विकास समितिका सदस्य उमेश पुलामी , युवा ब्यवसायी शरद थापा र पंकज थापा लगायत खुमल्टार पुगेका थिए।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.