

बागमतीः पहिलो संस्करणको नोआ पार्क लिग फुटबल प्रतियोगिता अन्तर्गत बन्जरे युवा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार बागमती–१ स्थित माझगाउँ खेल मैदानमा भएको खेलमा हात्तीढुङ्गा युवा क्लबलाई १–० गोलले हराउँदै बन्जेर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
बन्जरेको जीतमा जर्सि नम्बर ९ का प्रविन राईले निर्णायक गोल गरे । उनले उप्रान्त आले मगरको असिष्टमा उत्कृष्ट गोल गरेका हुन् ।

जीतसँगै बन्जरे नकआउट चरणमा प्रवेश गरेको छ । नोआ पार्क क्लबको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा १२ टिम सहभागि छन् । प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु शुक्रबार, सेमिफाइनल खेल शनिबार र फाइनल खेल आगामी सोमबार हुनेछ ।
प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
