

मकवानपुरः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोेमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान ६ बजेर ५० मिनेटको समयमा राटोमाटे चेकपोष्ट स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा हेटौँडाबाट निजगढतर्फ जाँदै गरेको बा ७ च २५१० नम्बरको पिकअप गाडीबाट १ सय ११ किलो लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले गाडीका चालक मकवानपुरको कैलाश गाउँपालिका–२, डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्वोलाई पक्राउ गरेको छ । प्रहरीले गाडीको पछाडीको ढाला भित्र लुकाई छिपाई ल्याईएको १११ किलो गाँजा बरामद गरेको थियो । लागूऔषध गाँजासहित स्याङ्वोलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
