एक्कासी लडेर बेहोस भएका चमारको मृत्यु

बागमतीः बागमती गाउँपालिका–८, फापरबारीमा डेरी सञ्चालन गर्दै आएका छिमेकी मुलुक भारतको विहार राज्यको मोतिहारीका ५५ वर्षीय शिव बालक चमार एक्कासी लडेर मृत्यु भएको छ ।

सोमबार दिउँसो ३ बजेको समयमा गाउँपालिकाको धनसाई डाँडाको बाटोमा हिँडिरहेका चमार एक्कासी लडेर बेहोस भएका थिए ।

एक्कासी ढलेका चमारलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो ।

हेटौँडा अस्पताल पुर्‍याएर दिउँसो ४ बजेर २५ मिनेटको समयमा चिकित्सकले स्वास्थ्यजाँच गर्दा चमारको मृत्यु भएको घोषणा गरिदिएको प्रहरीले जानकारी दिएको छ । चमारको शव हेटौँडा अस्पतालमै रहेको प्रहरीले उल्लेख गरेको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.