मनहरीमा बसको ठक्करबाट बालिकाको मृत्यु

मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिकामा स्कुलको बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-६ स्थित नयाँबस्तीकी २ वर्षीया पुजा थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार दिउँसो ३:४० बजेको समयमा नयाँबस्तिस्थित भित्री सडकखण्डमा मनहरी बजारबाट नयाँबस्तितर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङलिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसले बालिकालाई ठक्कर दिएको थियो ।

बालिका थिङलाई बसले ठक्कर दिएको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक बिशाल सापकोटाको कमाण्डमा टोली खटिएको थियो ।

ठक्करबाट शरिरको विभिन्न भागमा चोट पुगेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा साँझ ५ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो । प्रहरीले बस चालक मनहरी-७ का चन्द्र बहादुर तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.