
मकवानपुरः लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले राक्सिराङ्ग गाउँपालिका–१ का ४९ वर्षीय रामलाल मोक्तानलाई हेटौंडाबाट पक्राउ गरेको छ ।
हेटौंडा–३, तीनताप्केस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको सुरक्षाजाँच गर्ने क्रममा बिहीबार बिहान ११ बजेर ४० मिनेटको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २५७२ नम्बरको यात्रुबाहक बसमा सवार मोक्तानको साथबाट प्रहरीले ८ किलो लागूऔषध गाँजा बरामद गरेको भएको छ ।
गाँजासहित मोक्तानलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालतबाट ७ दिनको थप म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
