राक्सिराङका शाह होटलमा मृत भेटिए

मकवानपुरः मकवानपुरको राक्सिराङ गाउँपालिका–४ का २८ वर्षीय सरोज शाह हेटौँडा–१० स्थित एक होटलमा मृत भेटिएका छन् । हेटौँडा–१०, बसपार्कस्थित एक होटलमा पुस १५ गतेदेखि बस्दै आएका शाह बिहीबार दिउँसो १२ बजेर २० मिनेटको समयमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

बिहीबार अबेरसम्म पनि ढोका नखोलेपछि होटल सञ्चालकले झ्यालबाट हेर्दा अचेत जस्तो देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार मादकपदार्थ सेवन गरेका कारण स्वास्थ्यमा समस्या भई मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटना शंकास्पद नभएको र पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्न सक्ने प्रहरीको भनाइ छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.