मकवानपुरमा भूकम्पको धक्का महसुस

मकवानपुरः मकवानपुरमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५२ मिनेटमा धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का महसुस हुनेबित्तिकै कतिपय नागरिक घरबाहिर निस्केका छन् । हेटौंडासहित विभिन्न जिल्लामा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प कति म्याग्निच्युडको हो, कहाँ केन्द्र रहेको छ भन्ने बारेमा अध्ययनको काम भइरहेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.