गाँजासहित मनहरीबाट एक जना पक्राउ

मकवानपुरः मकवानपुरको मनहरीबाट ५ किलो लागुऔषध गाँजासहित राक्सिराङ गाउँपालिकाका २२ वर्षीय प्रदीप थोक्रालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजेको समयमा प्रहरीले मनहरी–८, सिम्पानी देवकोट सामुदायिक वनबाट थोक्रालाई पक्राउ गरेको हो ।


ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरीबाट सिम्पानीतर्फ हिँडिरहेको अवस्थामा राक्सिराङ–३, पलाँसेका थोक्रालाई लागुऔषध गाँजासहित पक्राउ गरिएको हो । थोक्रालाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमती लिई अनुसन्धान कार्य भइरहेको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.