लागूऔषध खैरो हेरोइनसहित वाईबा पक्राउ

मकवानपुरः लागूऔषध खैरो हेराइनसहित मकवानपुर प्रहरीले बकैया गाउँपालिका–११ का २९ वर्षीय विवेक वाईबालाई पक्राउ गरेको छ ।

शनिबार साँझ ७ बजेको समयमा हेटौँडा–१० स्थित आँखा अस्पताल नजिकैबाट वाईबालाई ३ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हाल हेटौँडा–१०, न्युरेनी बस्ने वाईबालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिई वाईबालाई प्रहरी हिरासतमै राखी अनुसन्धान गरिरहेको जनाएको छ । पछिल्लो समय मकवानपुर प्रहरीले खैरो हेरोइन प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गर्दै आएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.