बागमती गाउँपालिकाबाट विद्यालय केन्द्रित स्काउट शिक्षा अभिमूखीकरण सुरू

झुरझुरेः बागमती प्रदेश स्काउट कार्यालयले प्रदेश अन्तर्गतका पालिकाहरूमा विद्यालय केन्द्रित स्काउट शिक्षा अभिमुखिकरण कार्यक्रम सुरू गरेको छ । आइतबार मकवानपुरको बागमती गाउँपालिकाबाट प्रदेश स्काउटले पहिलो अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।


बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अनुसार बागमती प्रदेश शिक्षा निर्देशनालयको सहयोग एवम् प्रदेश स्काउट कार्यालयको आयोजना तथा बागमती गाउँपालिकाको समन्वयमा अभिमुखीकरण कार्यक्रम भएको प्रदेश स्काउट प्रमुख शिव कुमार त्वयनाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा प्रदेश अन्तर्गतका एक सय १९ पालिकामध्ये ३९ वटा पालिकामा उक्त कार्यक्रम सञ्चालन गर्ने योजना रहेकोमा आइतबार पहिलो कार्यक्रम बागमती गाउँपालिकाबाट सुरू गरिएको बागमती प्रदेश स्काउट प्रमुख त्वयनाले बताए ।


बागमती गाउँपालिका स्थानीय स्काउट प्रमुख आयुक्त राज कुमार राईको सभाध्यक्ष तथा बागमती गाउँपालिका अध्यक्ष एवम् स्थानीय स्काउट संरक्षक सर्केश घलानको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष एवम् स्थानीय स्काउट प्रमुख फणीन्द्र कुमार तिमल्सिना, सामाजिक विकास संयोजक एवम् वडा नम्बर ३ का वडाअध्यक्ष कमान सिं पाख्रिन, शिक्षा शाखा प्रतिनिधि प्रमोद राईको आतिथ्य रहेको थियो ।


बागमती गाउँपालिकाको सभाहलमा भएको सो कार्यक्रममा पालिका अन्तर्गतका १५ वटा सामुदायिक विद्यालयबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, प्रधानाध्यापक, शिक्षक र विद्यार्थी गरी ६१ जनाको सहभागीता रहेको स्थानीय स्काउट प्रमुख राज कुमार राईले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण हेटौंडा उपमहानगरपालिका स्थानीय स्काउट प्रमुख आयुक्त अनिल आचार्यले गरेका थिए ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.