राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको विजेता सुर्य माविलाई वडाको सम्मान

बागमतीः बागमती गाउँपालिका वडा नम्बर १ ले रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुन सफल सुर्य माविलाई सम्मान गरेको छ । बिहिबार एक कार्यक्रमका बीच कार्यवाहक वडा अध्यक्ष हस्त बहादुर थिङले विद्यार्थी र शिक्षकहरुलाई कार्यालयमा बोलाएर सम्मान गरेको हो ।


बागमती गाउँपालिकाको आयोजनामा गत पौष ७ गते देखि ९ गतेसम्म सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगितामा सुर्य मावि १८ स्वर्ण र १४ रजतसहित प्रथम भएको थियो । प्रतियोगितामा विभिन्न विधामा पदक प्राप्त गरेका २१ जना विद्यार्थीहरु र सोही विद्यालयका प्रधानाध्यापक दिल बहादुर बोम्जन, खेल शिक्षक आश्मान भोम्जन र स्काउट प्रशिक्षक राजकुमार राईलाई वडा कार्यलयले सम्मान गरेको हो । कार्यवाहक वडाध्यक्ष थिङले शिक्षा र खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको सुधारका लागि रचनात्मक सहयोग गर्न आग्रह गर्नुभएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.