लागुऔषध गाँजासहित हेटौंडाबाट २ महिला पक्राउ

मकवानपुरः मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जना महिलाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश–५ स्थित भैराङकि ३० वर्षीय अञ्जली गोले र हेटौंडा–३ स्थित बसामाडीकी ५१ वर्षीय ज्ञानुमाया गोले रहेका छन् ।

बिहीवार बिहान ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौंडा–४ स्थित सडकमा हिडिरहेका उनीहरुलाई शंका लागेर रितपुर्वक खानतलासी झोलाभित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागु औषध गाँजा १० किलो २ सय ७० ग्राम फेला परेको थियो । उक्त लागु औषध गाँजा सहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.