
बागमतीः मकवानपुरको बागमती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिताको सुरु भएको छ । आइतबार वडा नम्बर ४ स्थित सहिद स्मृति रंगशालामा सुरु प्रतियोगिताको बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले उद्घाटन गर्नुभयो ।
प्रदेश सभा सदस्य पुलामीले सटफुट फ्याँकेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा विद्यालयहरुले मार्च पास गरेका थिए भनेर सुर्य स्काउ ट्रुपले विभिन्न कला प्रदर्शन गरेको थियो । प्रतियोगिता अन्तर्गत पहिलो दिन सटफुट, ज्याबलिङ थ्रो र मार्सल आर्टका खेलहरु सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु सोमबार सञ्चालन हुनेछ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर थिङको अध्यक्षतामा भएको प्रतियोगितामा उद्घाटन कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्क बहादुर पुलामी, गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद दर्जी र जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोइराला लगायतको आतिथ्यता रहेको थियो ।


