८७ बिगाहामा लगाइएको गाँजा र अफिम खेती प्रहरीद्वारा नष्ट

मकवानपुरः मकवानपुर प्रहरीले लागूऔषध गाँजा र अफिम खेती फँडानी गरेको छ । प्रहरीले गत मंसिर ७ गतेदेखि शनिबारसम्म ४ वटा पालिकामा लागूऔषध गाँजा र अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

विशेष अभियान अन्तर्गत मकवानपुरको कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, थाहा नगरपालिका र बाग्मती गाउँपालिकामा गाँजा एवम् अफिम खेती फँडानी गरी नष्ट गरेको छ । ४ पालिकामा अवैध रुपमा खेती गरिएका र प्राकृतिक रुपमा उम्रेका ७५ बिगाह ७ कठ्ठा गाँजा खेती र १२ बिगाह ३ कठ्ठा अफिम खेती नष्ट गरेको प्रहरीले जनाएको छ । फँडानी गर्न बाँकी रहेका अन्य स्थानहरुमा क्रमशः अभियानको रुपमा फँडानी तथा नष्ट गर्ने प्रहरीले जनाएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.