सूर्य माविमा अक्षय कोष स्थापनाका लागि प्रमोद राईले गरे १ लाख सहयोग

बागमतीः बागमती गाउँपालिका वडा नम्बर १, माझगाउँस्थित सूर्य माविलाई अक्षय कोष स्थापनाका लागि १ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । शुक्रबार विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवम् शिक्षक प्रमोद राईले अक्षयकोषका लागि १ लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।


कार्यक्रमका बीच राईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई र प्रधानाध्यापक दिल बहादुर भोलनलाई १ लाखको चेक हस्तान्तरण गर्नुभयो । हाल बागमती गाउँपालिकाको शिक्षा शाखा प्रमुखसमेत रहनुभएका राईले विद्यार्थी छात्रवृत्ति सहयोग अक्षय कोषका लागि उक्त रकम सहयोग गर्नुभएको बताउनुभयो । विद्यालयमा गरिएको यो लगानी प्रभावकारी र लाभदायक हुने उहाँले बताउनुभयो । विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला बन्ने उहाँको विश्वास छ । अन्यबाट पनि सहयोग प्राप्त भएमा उक्त अक्षयकोषलाई बलियो बनाउन सकिने पनि उहाँले बताउनुभयो ।वि.स २०४५ सालदेखि उक्त विद्यालयबाटै अध्ययन सुरु गर्नुभएका राईले ६१ माघ ३ गतेबाट विद्यालयमै निजी स्रोतबाट शिक्षण सेवामा प्रवेश गर्नुभएको थियो । राई सूर्य माविको पूर्व प्रधानाध्यापकसमेत हुनुहुन्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राईको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समितिका सदस्य खड्क बहादुर पुलामी, वडा नम्बर ३ का अध्यक्ष एवम् गाउँपालिकाका सामाजिक विकास संयोजक कमान सिं पाख्रिन, विभिन्न पार्टीका प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्षहरू तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.