मकवानपुरे कलाकार बिरु घलानको ‘सल्लाहले मान्छेउ की’ गीत सार्वजनिक

मकवानपुरः मकवानपुरका गायक एवम् नायक बिरु घलानको ‘सल्लाहले मान्छेउ की’ गीत सार्वजनिक तामाङ सेलो गीत सार्वजनिक भएको छ । शुक्रबार दिउँसो १२ बजे साम्तेन मोक्तान अफिसियल युट्युब च्यानलमार्फत घलानले आफ्नो गीत सार्वजनिक गर्नुभएको हो ।

मकवानपुरे कलाकार घलान र तामाङ सेलोकी चर्चित गायिका सुमिना लोको श्वर रहेको गीतको अरेन्ज सानुबाबु घिसिङले गर्नुभएको छ । गीत फ्याफुल्ला स्टुडियोमा रेकर्डिङ गरिएको हो । केही महिना अघि मात्र सार्वजनिक भएको तामाङ ह्वाइरी स्याई साइली सेलो गीतमा अपार सफलतापछि यसपटक पनि सेलो गीत नै ल्याएको घलानले बताउनुभयो । उक्त गीत युट्युबमा लाखौंले हेरेका छन् । राम्रो शब्द र संगीत अनि गायिका सुमिनासँगको संयुक्त आवाजमा रहेको यस सेलो गीतले राम्रो माया पाउनेमा घलान विश्वस्त छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.