
मकवानपुरः यो वर्ष जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ ।
मौसमविद् सञ्जिव अधिकारीले तीन महिनाको हावापानीबारे जानकारी दिनुहुँदै यो वर्ष अघिल्लो वर्षभन्दा धेरै चिसो नहुने पूर्वानुमान गरिएको बताउनुभएको हो ।
मौसमविद् अधिकारीका अनुसार यो हिउँदमा सरदरभन्दा चिसो कम हुने अनुमान गरिएको छ । उहाँका अनुसार हिउँदयाममा धेरै हिउँ पर्नुपर्ने भए पनि यो वर्ष पश्चिमी वायुको प्रभाव बढी हुँदा चिसो कम हुने देखिएको हो ।
