

मकवानपुरः आज सुनको भाउ एकैदिन एक हजार सात सय रुपैयाँले घटेको छ ।
सुनको भाउ एक हजार सात सयले घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार सात सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चार दिनदेखि स्थिर रहेको चाँदीको भाउ आज ५५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
