
बागमतीः बागमती गाउँपालिका वडा नम्बर १, माझगाउँस्थित सुर्य माविमा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । विद्यालयको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहिबार ६ जना महिला र २९ जना पुरुषले रक्तदान गरेका हुन् ।
विद्यालयको स्वर्ण जयन्तीको अवसरमा जारी सप्ताहव्यापी कार्यक्रमको छैठौं दिनमा रक्तदान भएको हो । विद्यालयको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, मकवानपुर र उपशाखा फापरबारीको प्राविधिक सहयोग तथा विद्यालयमा क्रियाशिल जुरेस र स्काउट ट्रुपको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएकोे हो । विद्यालय परिसरमा भएको रक्तदान कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो १२ बजेर ३० मिनेटसम्म चलेको थियो ।

कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई, प्रधानाध्यापक दिल बहादुर भोलन, नेपाल रेडक्रस जिल्ला शाखा मकवानपुरका सदस्य पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, फापरबारी उपशाखाका सभापति शंकर कुमार पराजुली, रक्तसंचार केन्द्र हेटौंडाका प्रमुख टंक दाहाल र प्राविधिक किशोर सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
