
मकवानपुरः नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज बिहिबार जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे शुरू हुने छ ।
यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको हो ।
हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्को मौका पाएको छ । हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।
