
मकवानपुरः आज बुधबार सुनको भाउ सात सय रुपैयाँले घटेको छ । सुनको भाउ सात सयले घटेर तोलाको एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ५१ हजार चार सय रुपैयाँ रहेको थियो । त्यस्तै आज पनि चाँदीको भाउमा घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ पछिल्लो चार दिनदेखि स्थिर रहेको छ ।
