सिस्नेरी-दक्षिणकाली सडक ११ गतेसम्म बन्द हुने

मकवानपुरः हेटौँडाबाट सङ्घीय राजधानी काठमाण्डौ जोड्ने सिस्नेरी-दक्षिणकाली सडक आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यो सडकअन्तर्गत दक्षिणकाली-छैमलेमा कालोपत्र गर्न लागिएकोले गाडी सञ्चालनमा रोक लगाइएको बताउनुभयो ।

यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ । सडक बन्द भएपछि यो सडक हुँदै चल्ने गाडीहरुलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाण्डौ जोड्ने कान्तिलोकपथ, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडक प्रयोग गर्न अनुरोध गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.