बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट

हेटौंडाः बागमती प्रदेश फुटबल प्रतियोगिता आगामी पुस १० गतेबाट हेटौंडामा सुरु हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती प्रदेश फुटबल संघले प्रतियोगिताबारे जानकारी गराएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार पौष १० गतेबाट लिग सुरु गर्न लागेको प्रदेश फुटबल संघका कार्यबाहक अध्यक्ष राजिव बस्नेतले बताउनुभयो । हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा जिल्ला जिल्लामा भएको जिल्ला लिगको विजेताहरु सहभागी हुनेछन् ।

लिगमा यो वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी हुने क्लबका महासचिव लवराज ठकुरीले बताउनुभयो । प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद २ लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुलबल संघका अध्यक्ष टिकाराम लामा, सम्मेलनमा एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुलबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल र उपाध्यक्ष युवराज लामा लगाएको उपस्थिति रहेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.